पत्रकार सम्झना कार्कीलाई पितृशोक

बाइलाइन नेपाल
२९ असार २०७७, सोमबार १९:४५

हेटौंडा । पत्रकार महासंघ बाग्मती प्रदेशको उपाध्यक्ष सम्झना कार्कीलाई पितृशोक परेको छ । नेपाल प्रेस युनियनको महाधिवेशन प्रतिनिधि समेत रहेकी कार्कीको बुवा ६६ बर्षीय दीपबहादुर कार्कीको सोमबार निधन भएको हो ।

घाँटीको क्यान्सरबाट पीडित उनको सोमबार घरमै निधन भएको हो । भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनको हेटौंडा–९ स्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।सोलुखुम्बुमा जन्मनु भई लामो समयदेखि बसोबास गर्दै आएका कार्कीको तीन छोरी, एक छोरा र श्रीमती रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*