हेटौँडा क्याम्पसको ११औं क्याम्पस सभा
हेटौंडा । हेटौँडा क्याम्पसको ११ औं क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मुनु सिग्देलको अध्यक्षता तथा वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभाका सांसद प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ का अध्यक्ष नवीन सिग्देल, नेपाली काङ्ग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछाने, पूर्व विद्यार्थी समाज हेटौँडा क्याम्पसका अध्यक्ष बालकृष्ण चौलागाईं, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष उमेश पुरी, पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष भुपेन्द्र कोइराला, कर्मचारी संघका अध्यक्ष प्रकाश दाहाल, भुटनदेवी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहाल, युरेस हेटौँडा क्याम्पसका सचिव दिपेश लामिछाने, विद्यार्थी सङ्गठनका प्रतिनिधिहरु लगायतको आतिथ्य रहेको थियो ।

बाइलाइन नेपाल











