दिउँसोभन्दा राति भारी वर्षा, सतर्कता अपनाउन आग्रह

बाइलाइन नेपाल
२८ असार २०७७, आईतवार १८:१७

जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले आज राति चारवटा प्रदेशमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । प्रदेश १, २, वागमती प्रदेश र गण्डकी प्रदेशमा राति भारी वर्षा हुन सक्ने अनुमान गरिएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार अहिले मनसुन सक्रिय अवस्थामा छ । बाँकी ३ वटा प्रदेशमाभन्दा यी ४ प्रदेशमा आज राति मनसुन थप सक्रिय हुने र भारी वर्षाको अनुमान गरिएको छ । उनले सेप्टेम्बरसम्म मनसुन रहने हुनाले कहिले भारी वर्षा त कहिले कम हुने जनाउँदै अझै केहीदिन मनसुन सक्रिय हुने देखिएको बताए ।

पौडेलका अनुसार दिउसोमा भन्दा रातिमा भारी वर्षा हुने गर्छ । रातिमा जलवाष्पको प्रक्रिया सहज हुन्छ । “दिउसोको तुलनामा रातिमा चिसिने प्रक्रिया सजिलो हुन्छ,” पौडेलले भने, “विस्तारै चिसो हुँदै गएर बादल बन्ने प्रक्रियामा सहयोग हुन्छ । त्यसैले दिउसोको तुलनामा राति भारी वर्षा हुने गर्छ ।”मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा असार महिनाभर मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*