गढीको सरस्वती आधारभूत विद्यालयमा नयाँ नेतृत्व

बाइलाइन नेपाल
July 11th, 2020

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–३ देविडाँडामा रहेको सरस्वती आधारभूत विद्यालयको २५ औं विशेष अभिभावक भेलाबाट ब्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन भएको छ । अभिभावक मध्येबाट चयन गरिने चार जना सदस्यमा निवर्तमान पिटिए अध्यक्ष भोलानाथ दाहाल , रुक्मणि ढुङ्गाना , शान्तिमाया भ्लोन र चन्द्रकुमारी सुनार रहेका छन् ।

मकवानपुरगढी गाउँपालिका– ३ का वडाध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यता एवम् गाउँपालिका शिक्षा शाखा प्रमुख रामबहादुर घलानको विशेष आतिथ्यता रहेको सो भेला विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद शर्मा तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो ।

भेलामा भानु माध्यमिक विद्यालयका अध्यक्ष मानकुमारी पाख्रिन , प्रअ राजेन्द्र थापा, सल्लाहकार प्रेमप्रसाद दाहाल, विष्णुप्रसाद न्यौपाने , धमिले कृषि सहकारी संस्थाका अध्यक्ष नवराज संजेल , बाबियोडाँडा टोलविकास संस्थाका अध्यक्ष गोकर्ण पराजुली , मक्रान्चुली स्वास्थ्य ईकाइ प्रमुख उमेश अधिकारी , नेपाल शिक्षक महासंघ हेटौंडा नगर कमिटी अध्यक्ष दीपक अधिकारी , विद्यालयका विपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आउनु भएका राजु सापकोटा, कमल ढकाल, स्थानीय भरत रेग्मी, यदुनाथ रेग्मी, जनक रेग्मीलगायतकाको उपस्थिति रहेको थियो ।

भेलामा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद सापकोटाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य शिक्षक ईन्दिरा लुइँटेल र कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक शारदा दाहालले गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*