नवोदयले भानुभक्त विशेष कार्यक्रम गर्ने

बाइलाइन नेपाल
२६ असार २०७७, शुक्रबार २०:२१

हेटौंडा/२०७ औँ भानु जयन्तीको अवसरमा भानुभक्त विशेष कार्यक्रम हुने भएको छ । असार २९ गते नवोदय साहित्यिक बगैँचा बाल क्लवको आयोजनामा भर्चुअलबाट कार्यक्रम हुन लागेको हो । हेटौंँडा ४ नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले भानु जयन्तीको अवसरमा हरेक वर्ष विविध कार्यक्रम गर्दै आइरहेको छ । गतवर्ष विद्यालयमा गठन भएको क्लवले यसवर्ष भानुभक्त विशेष कार्यक्रम गर्न लागेको हो ।

‘क्लव गठन भएपछि पहिलो पटक भानु जयन्तीको अवसरमा कार्यक्रम गर्न लागेका छौँ ।’ क्लवकी अध्यक्ष इलिशा पराजुलीले भनिन्–‘क्लवले जुम एपबाट रचना वाचन कार्यक्रम सम्पन्न गरिसकेको छ । पहिलो पटक आयोजना गर्न लागेको विशेष कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्दछु ।’

कार्यक्रममा मुख्य आकर्षणहरुमा हामी आफैँले बनाएको भानुभक्तको बारेमा वृत्तचित्र, यसै जिल्लामा अवस्थित ६ वटा विद्यालयका छ जना विद्यार्थीहरुको प्यानल डिस्कसन, बहस कार्यक्रम तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका प्रतिनिधि १० रचना वाचन पनि रहेको उनले बताइन् ।

बहस कार्यक्रममा प्राध्यापक डाक्टरद्वय हेमचन्द्र नेपाल र रामप्रसाद ज्ञवाली तथा युग पाठक वक्ता रहेका छन् भने राम अविकासले सहजकर्ताको भूमिका निर्वाह गर्ने छन् । गतवर्ष नवोदय विद्यालयले भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रममा सहभागी हुनका लागि नवोदयको पेजमा फारमको लिङक राखिएको छ त्यसैमा फारम भरेर सहभागी हुन सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*