लमजुङमा घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु
लमजुङको बेसिशहर – ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । दिपक तामाङको घर पुरिदा ३३ वर्षीया तामाङसहित उनकी श्रीमती २५ वर्षीया बीमाया तामाङ र ९ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए ।
पहिरोले घर पुरिएको खबर आएपछि पुगेको १५ जनाको प्रहरी टोलीले ३ जनाको भने जीवितै उद्धार गरेको उनले जानकारी दिए ।जीवितै उद्धार गरिएकामा सोही स्थानका २६ वर्षको सन्त वहादुर गुरूङ, बेसिशहर १० पांग्रेक्यु घर भएको वर्ष २३ अनिल गुरूङ र पांग्रेक्युकै २३ वर्षीय सुमन तामाङ रहेको पुनले बताए ।उनीहरूको जिल्ला सामुदायिक अस्पताल वेसिशहर लमजुङमा उपचार भइरहेको छ । घाइते तीनै जना मृतक दिपक तामाङको घरमा ट्याक्टरमा काम गर्ने श्रमिक भएको प्रहरीले जानकारी दिएको छ ।

बाइलाइन नेपाल











