बागमती गाउँपालिकाको बजेट ५१ करोड २६ लाख
मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५१ करोड २६ लाख २४ हजार ४ सय ४० रुपैयाँको बजेट ल्याएको छ ।शनिबार भएको गाउँपालिकाको छैठौं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तानले आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् ।
गाउँपालिकाले आवको लागि कृषि र पशुपालतर्फ रोजगारमुखी तथा आत्मनिर्भर हुने बजेट ल्याएको छ ।आफैमा विकट गाउँपालिका भएकाले जनचेतना अभिवृद्धिसँगै बिगतका अनुभव र हालको कोरोना महामारीलाई ध्यानमा राखेर बजेट निर्माण गरिएको गाउँपालिकाकी उपाध्यक्ष स्याङ्तानले बताइन् । मकवानपुरको अन्य स्थानीय तहहरुले भने यसअघि नै आगामी आवको लागि बजेट प्रस्तुत गरिसकेको छ ।

बाइलाइन नेपाल











