हेटौंडाका बोर्डिङ स्कूलका शिक्षक तलब माग्दै सडकमा

बाइलाइन नेपाल
१९ असार २०७७, शुक्रबार २०:१७
फाइल तस्वीर

हेटौंडा । मकवानपुरका संस्थागत विद्यालय बोर्डिङ स्कूल) का शिक्षक–कर्मचारी तलब नपाएको भन्दै सडकमा उत्रिएका छन् । २०७६ माघदेखिको तलब सेवासुविधा नपाएको, लकडाउनको अवधिमा शिक्षककर्मचारीलाई बिनाकारण निष्कासन गरिएको सामाजिक सुरक्षा कोषमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई आबद्ध नगराइएको भन्दै शिक्षक कर्मचारीले शुक्रबार हेटौंडामा प्रर्दशन गरेका हुन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) ले देशव्यापी रूपमा सडकमा ध्यानाकर्षण सभाको आयोजना गरेको छ । त्यही क्रममा मकवानपुरका शिक्षककर्मचारीले वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रर्दशन गरेका हुन् । पूर्व मेचीदेखि महाकालीसम्म ७७ वटै जिल्लामा प्रदर्शन गरी संस्थागत विद्यालयका शिक्षककर्मचारीले भोग्नुपरेका पेसागत समस्याबारे विद्यालय सञ्चालक तथा राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले विभिन्न चरणमा ज्ञापनपत्र बुझाइसक्दासमेत सम्बन्धित निकायले गम्भीरतापूर्वक नलिएकाले सडकक सङ्घर्षमा उत्रिनुपरेको जानकारी इस्टु राष्ट्रिय समिति सचिव दीपक गौतमले जानकारी दिए ।

समयमै समस्याको समाधान नखोजिए देशव्यापी रूपमा निर्णायक आन्दोलनको तयारीमा इस्टु अघि बढेकोसमेत गौतमको भनाइ छ । संस्थागत विद्यालयमा कार्यरत दुई लाख बढी शिक्षककर्मचारीले गत २०७६ माघदेखिकै तलब नपाएको र २०७७ वैशाख दोस्रो सातादेखि नै अनलाइन लगायत भर्चुअल कक्षा सञ्चालन गरिरहँदा समेत तलब नपाएको गुनासो देशव्यापी रूपमा आइरहेको र यस समस्याको समाधानका लागि आन्दोलन गर्नुपरेको सचिव गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*