सत्याग्रहमा बसेका युवाहरुलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

बाइलाइन नेपाल
१८ असार २०७७, बिहीबार २०:०६

कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको आरोप लगाउँदै गत पाटनमा सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली मण्डिखाटारमा रहेको ह्याम्स हस्पिटल पुगेका छन्। गत शुक्रवारदेखि पाटनको कृष्ण मन्दिर अगाडि रहेको मणि मण्डपमा सत्याग्रहमा बसेका ई: र पुकार बमलाई स्वास्थ्य समस्या देखिएपछि ह्याम्स हस्पिटल लगिएको थियो।

अभियन्ताहरुलाई हस्पिटल लगिएको करिब ३० मिनेटपछि ओली उनीहरुलाई भेट्न पुगेका हुन्। हाल एमर्जेन्सीमा रहेका पुकार र ई: सँग प्रधानमन्त्रीले कुरा गरिरहेको इनफ इज इनफले जनाएको छ। प्रधानमन्त्री नै अस्पताल पुगेर सत्याग्रहीहरुको बारेमा बुझ्न आउनु सकारात्मक रहेको इनफ इज इनफले बताएको छ। उनीहरुले कोरोना परीक्षणमा पीसीआर लागू गर्न, आरडीटी बन्द गर्न र क्वारेन्टाइनको व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*