८ कक्षाको ग्रेड वृद्धि परीक्षा पनि नहुने

बाइलाइन नेपाल
१७ असार २०७७, बुधबार १८:११

कोरोना भाइरस कोभिड- १९ का कारण यस वर्ष ग्रेड वृद्धि परीक्षा नहुने भएको छ । कक्षा ८ मा सबै विषयमा डी प्लस ल्याउनेले मात्र कक्षा ९ मा भर्ना हुन पाइने व्यवस्था थियो । डी प्लस नआएमा २ वटा विषयमा ग्रेड वृद्धि परीक्षा दिने व्यवस्था थियो ।

‘कोरोना भाइरका कारण ग्रेड वृद्धि परीक्षा गर्न सकिएन’, पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले भने, ‘कक्षा ८ मा ९ वटै विषय रहेका छन् । सबै विषयमा डी प्लस ल्याउनुपर्थ्यो । अब यस वर्ष ७ वटा विषयमा डी प्लस ल्याउनेले ९ कक्षामा भर्ना हुन पाउँछन् ।’कोरोना भाइरसका कारण यस वर्ष विद्यालय तहको परीक्षा अगाडि सारिएको थियो । ११ चैतबाट लकडाउन भएपछि पठनपाठन र परीक्षा प्रभावित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*