दही चिउसा खाएर असार १५ मनाइदै
असारे रोपाइँमा सरिक हुने वा नहुुने सबैले दही चिउरा खाएर असार १५ मनाउँदै छन् ।
यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ ।
किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ ।
वैद्यराज सुवर्ण वैद्यकाअनुसार दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवद्र्धक हुने उनी बताउँछन् ।
सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

बाइलाइन नेपाल











