कैलाश गाउँपालिकाद्वारा ४३ करोड ७२ लाखको बजेट सार्वजनिक
कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ४३ करोड ७२ लाख ५९ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आज बुधबार बसेको गाउँसभाको बैठकमा आगामी आवको अनुमानित बजेट सार्वजनिक गर्नुको साथै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।
मोक्तानका अनुसार आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जाल, आर्थिक विकास, कृषि र स्वरोजगारलाई प्राथमिकता दिइने भएको हो ।
गाउँपालिकाले किसानलाई मलमा प्रतिकेजी २ रुपैँया अनुदान दिने भएको छ । शिक्षा क्षेत्रको विकास र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
चालु आवका कामहरु निरन्तर गरिने आगामी आवमा थप रचनात्मक र जनहितका कामहरु गरिने अध्यक्ष मोक्तानले जानकारी दिए ।

बाइलाइन नेपाल











