उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने

बाइलाइन नेपाल
८ असार २०७७, सोमबार ०७:०१

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ। आज बसेको महासंघको पदाधिकारीको बैठकले निर्वाचनको नयाँ मिति तय गरेको हो।

महासंघको आइतबार बसेको पदाधिकारी बैठकले सर्वसम्मत रूपमा साधारणसभा गर्ने निर्णय गरेको हो। यो निर्णयलाई सोमबार बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नेछ।

महासंघका एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउनको अन्तिम साता साधारणसभा गर्ने निर्णय भएको जानकारी दिए ।

गत चैत २८ र २९ गते हुने भनिएको निर्वाचन कोरोना संक्रमणको कारण भएको लकडाउनको कारण रोकिएको थियो रोकिएको निर्वाचन जेट ७ गते हुने भनिए पनि जेठमा समेत पुनः रोकिएर अर्को मिति तय भएको हो।

महासंघको तीन वर्षे कार्यकालको लागि निर्वाचन हुन लागको हो। यद्यपी महासंघको अध्यक्षमा शेखर गोल्छा स्वतः चयन हुने छन्।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावाधान रहेको छ। यो पटक वरिष्ठ उपाध्यक्षमा भने चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको उम्मेदवारी घोषणा भइसकको छ। नयाँ निर्वाचन महासंघको वार्षिक साधारण सभाबाट हुन लागेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*