आज भारी वर्षा र बाढी पहिरोको खतरा, सतर्क रहन आह्वान

बाइलाइन नेपाल
५ असार २०७७, शुक्रबार ०७:५२

मनसुन सुरू भएसँगै मुलुकभर वर्षा सुरू भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भागमा मध्यमस्तरको वर्षा भइरहेको छ ।

भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा निम्न चापीय प्रणाली अवस्थित रहेकाले त्यसको प्रभावले दिउँसोसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टासम्म देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम तथा केही स्थानहरूमा हुने भारी वर्षाले विभिन्न नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जरूरी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*