एन्फामा द्वन्द बिजारोपण हुन लागेको गणेश थापाको आरोप

बाइलाइन नेपाल
३२ जेष्ठ २०७७, आईतवार १४:३६

अखिल नेपाल फुटबल संघ (एन्फा)को ०७६ माघ २६ गते कार्यसमिति बैठकले गरेको निर्णय बारे एन्फा पूर्व अध्यक्ष गणेश थापाले चासो ब्यक्त गरेका छन् ।

माघमा बसेको बैठकको निर्णयको १६ नं बुँदाका बरेमा थापाले ध्यानाकर्षण भएको जनाएका हुन् ।

आइतबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भोलि असार १ गते बस्ने एन्फा इमरजेन्सी कमिटिको बैठकले मानार्थ अध्यक्ष टासी घलेलाई गरेको कारबाही फिर्ता लिँदै पुनः मानार्थ अध्यक्ष बनाउने तथा भक्तपुर जिल्ला फुटबल संघका अध्यक्षलाई कारबाही गर्ने भन्ने बाहिर सुन्नमा आएको छ। हिजो किन कारबाही भयो ? फेरी किन कारबाही फिर्ता हुदै छ ?’

यसबारेमा एन्फालाई प्रष्ट पार्न उनले आग्रह गरेका छन् । उनी लेख्छन्, ‘आफूलाई समर्थन गर्छु भनेपछि कारवाही फिर्ता लिने तर एन्फामा भएको आर्थिक अनियमितता र अवैधानिक कार्यको विरोध गर्नेलाई कारवाही गर्दै जाने हो भने यसले गम्भीर रुपमा नेपाली फुटबलमा द्वन्द विजारोपण हुनेछ।’

उनले एन्फालाई यसबाट बचाउन राष्ट्रिय खेलकुद परिषद्ले अहम् भूमिका निभाउनु पर्ने उल्लेख गरेका छन् । –  झिल्को डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*