मेस्सीको गोलमा बार्सिलोनाको शानदार जीत

बाइलाइन नेपाल
३२ जेष्ठ २०७७, आईतवार ०६:३६

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले मालोर्कामाथि ४ -० को जीत निकालेको छ ।

दोस्रो मिनेटमा नै अटुरो भिडालले गोल गर्दै सुरुवाती अग्रता लिएको बार्सिलोनाले ३७ औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरेपछि पहिलो हाफमा २–० को अग्रता लियो ।

७९ औँ मिनेटमा जोर्डी अल्बाले गोल गरे । इन्जुरी समयको तेस्रो मिनेट अर्थात ९३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भयो ।

जीतपछि बार्सिलोनाको २८ खेलबाट ६१ अंक भएको छ । उसले एक खेल कम खेलेको रियल मड्रिडसँग अंक दूरी पाँच अंकले बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*