आजको मौसम : बिहान सामान्य बदली, दिउँसो पानी पर्ने

बाइलाइन नेपाल
३० जेष्ठ २०७७, शुक्रबार ०७:२३

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मुलुकका बिभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ ।

नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व – पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश ५ बाहेकका सबै प्रदेशमा सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश ५ को मौसम सफा रहेको छ ।

दिउँसो प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली रहनेछ ।

महाशाखाका अनुसार दिउँसो नै उक्त बदलीपछि प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*