मकवानपुरका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

बाइलाइन नेपाल
२६ जेष्ठ २०७७, सोमबार १७:०८

हेटौंडा । घर जग्गा व्यवसायी संघ मकवानपुरले मकवानपुरका प्रहरी र पत्रकारका लागि मास्क र ग्लोब्स उपलध गराएको छ । वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा केएन ९५ मास्क र ग्लोब्स प्रहरी र पत्रकारका लागि उपलब्ध गराएको हो ।

घरजग्गा व्यावासायी संघ मकवानपुरले वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामालाई ५ सय थान मास्क र ५ सय जोर ग्लोब्स हस्तान्तण गरेको छ ।

त्यसैगरी नेपाल पत्रकार महासंघ मकवानपुर मकवानपुरका अध्यक्ष हरि हुमागाईँलाई एक सय ५० थान केएन ९५ मास्क र एक सय ५० जोर ग्लोब्स हस्तान्तरण गरिएको हो । स्वाथ्य सुरक्षाका सामाग्री बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलिया र घरजग्गा व्यावसायीसंघ मकवानपुरका अध्यक्ष ध्रुव घिमिरेले हस्तान्तरण गरेका थिए ।

प्रदेश प्रहरी कार्यालयले मातहतका प्रहरीलाई र पत्रकार महासंघ मकवानपुरले जिल्लामा खटिने पत्रकारका लागि प्राप्त सामाग्री हस्तान्तरण गर्ने जनाइउको छ स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गर्दै थपलियाले अहिलेको कोरोना त्रासको समयमा अग्रभागमा खटिने सुरक्षाकर्मी र पत्रकारका लागि सहयोग पुगेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*