कोरोनाले स्याङ्जाका एकजनाको मृत्यु

बाइलाइन नेपाल
२६ जेष्ठ २०७७, सोमबार ११:२५

पोखरामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले पुष्टि गरेका छन् । उनलाई गण्डकी प्रदेश, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आइसोलेसनमा आइतबार भर्ना गरिएकाे थियाे ।

भारतमा उपचारका लागि गएका उनी २१ गते भारतबाट फर्किएका थिए । भारतबाट फर्किएका उनलाई २१ गते नै क्‍वारेन्टिनमा राखिएको थियो । उनको छोरी पोखरामा रहेकाले हेरचाहका लागि २२ गते उनलाई पोखरा ल्याइएको थियो । उनलाई मृगौला र उच्च रक्तचापको समस्या रहेको थियाे । गण्डकी प्रदेशमा कोरोनाले मृत्यु भएको यो पहिलो पटक हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*