रुकुम घटनाको बिरोधमा हेटौँडामा ५ दिने हस्ताक्षर सङ्कलन र धर्ना शुरु

बाइलाइन नेपाल
२५ जेष्ठ २०७७, आईतवार १३:४०

हेटौंडा । जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतिमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा आजबाट हेटौँडाको बुद्ध चोकमा ५ दिने हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रम शुरु भएको छ ।

आज बिहान ७ बजेबाट ९ बजेसम्म धर्ना तथा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै जनदवाव अभियानका अभियन्ता भूमिनन्द गौतमले देशमा भइरहेका हत्या हिंसाका घटनाका दोषीले उमुक्ति पाइरहेको सन्दर्भमा सामूहिक हत्याकाण्डका दोषीलाई पनि कारवाही नगराउन राजनीतिक चलखेल शुरु भएकोले यो अभियान शुरु गर्नु परेको बताए ।

यसैगरी, दलित अधिकारकर्मी केशव रसाइलीले जातका आधारमा हुने यस्ता अपराधमाथि राज्यले हरेक घटनामा विभेद गर्दै आइरहेकोले यो घटनाका दोषीमाथि पनि उन्मुक्ति पाउने सम्भावना बढेको बताउँदै यस्ता दबाबमूलक कार्यक्रम सबैतिर हुनु आबश्यक रहेको बताए ।

 

कार्यक्रममा अधिकारकर्मी जङ्गबहादुर विश्वकर्माले समाजमा विभेद कायम रहेसम्म आफूहरुको आन्दोलन जारी रहने बताए । कार्यक्रममा अभियानकर्ता कुमार पोखरेल, मिरा तिमल्सिना, समिता रसाइली ,अमित श्रेष्ठ , रामचन्द्र कार्की, हेटौडा जेसीसका अध्यक्ष राजदेव बानियाँ, जिल्ला खेलकुद संघका अध्यक्ष सानु लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रत्येक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म हस्ताक्षर संकलन गरी सम्बन्धित निकायलाई बुझाईने स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातीले जानकारी दिए । हस्ताक्षर संकलन जेठ २९ गतेसम्म हुने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*