इडीभीको रिजल्ट आज आउँदै (हेर्ने तरिकासहित)

बाइलाइन नेपाल
२४ जेष्ठ २०७७, शनिबार ०७:३४

सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा आज सार्वजनिक हुदैछ ।

नेपालस्थित अमेरिकी दूतावासले गएराति ट्वीट गर्दै आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९:४५ बजेपछि डीभी नतिजा सार्वजनिक हुने जानकारी दिएको छ ।

यसको नतिजा ww.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

नम्बर बिर्सनुभएको छ भने पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जानकारी दिएको छ।

‘दूतावासले भनेको छ, ‘डीभीबारे फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछ ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ।’

अमेरिकामा रहेका नेपालीले ९७०३०९८८(३४२८ मा सम्पर्क गरी सोधपुछ गर्न सक्ने दूतावासको सूचनामा उल्लेख छ।

दूतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।

डिभीका बिजेताहरुले सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ ।

अमेरिकी सरकारले आर्थिक वर्ष २०२१ का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट हजारौं व्यक्तिलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत अमेरिका लैजान्छ । अमेरिकाले सन् १९९१ देखि यो कार्यक्रम ल्याएको थियो ।

पछिल्लो ५ वर्षमा ५० हजारभन्दा बढी कम मानिस अमेरिका आउने मुलुकका हकमा मात्रै यो कार्यक्रम लागू हुँदै आएको छ । अमेरिकामा धेरै आप्रवासन दर हुने मुलुकका नागरिकले भने यो कार्यक्रममा सहभागी हुन पाउँदैनन् ।

अमेरिकाले ल्याउने उक्त कार्यक्रममा हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*