शितलमहल चोक, हुप्रचौरहुँदै भैरवरोड पुग्ने सडक निर्माण सुरु
हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ हुप्राचौर वडा समितिको कार्यालय रोडमा ढल, पेटी सहितको सडक निर्माण गर्न सुरु गरिएको छ । यस सडकको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरेसँगै काम सुरु भएको छ ।
शितल महल चोक, हुप्रचौर हुँदै भैरवरोड जोडिने सडक दुई करोड रुपैयाँ लागतमा फराकिलो बनाएर निर्माण पनि सुरु भएको मेयर महतले जानकारी दिए । हुप्राचौर जाने मुल सडकको रुपमा रहेको यस सडकलाई दु्रत गतिमा निर्माण गर्ने तयारी थालिएको छ । शिलान्यास कार्यक्रममा हेटौंडा ४ का वडाअध्यक्ष नविन सिग्देलको बिशेष उपस्थिति रहेको थियो ।
यसैगरी हेटौंडा उपमहानगपालिका वडा नम्बर ४ पृथ्वीपथ कर्रामा ढल निर्माणको काम सुरु भएको छ । ढल निर्माणको उपमहानगरपालिकाका मेयर महतले शिलान्यास गरे ।
कुल ६६ लाख रुपैयाँ लागतमा ढल निर्माणको काम सुरु गरिएको हो । सडकको दुवैतर्फ ढल निर्माणको काम आजबाट सुरु भएको मेयर महतले बताए । हेटौंडाका विभिन्न सडकमा ढल निर्माण गर्ने काम संगै ढल निर्माण, पेटी निर्माणको कामलाई पनि तिव्रता दिइएको छ ।

बाइलाइन नेपाल











