मकवानपुरका ६ वटा व्यवसायी संस्थाले सरकारसँग गरे यस्तो माग

बाइलाइन नेपाल
२२ जेष्ठ २०७७, बिहीबार १२:५९

हेटौंडा । सरकारले लगातार लकडाउन गर्दा उद्योग, व्यवसाय ठप्प भएको भन्दै मकवानपुरका ६ वटा व्यवसायी संस्थाले सरकारसँग विभिन्न माग राखेका छन् । व्यवसयाीले लकडाउनको उल्ङ्घन गरेर पसल सञ्चालन गरेको दोस्रो दिन विभिन्न व्यवसायीक संगठनले सरकारसँग आफ्ना माग पेश गरेका हुन् ।

६ वटा व्यवसायीको संस्थाले निकालेको संयुक्त विज्ञप्तीमा उद्योगी व्यवसयाीलाई राहत प्याकेजको व्यवस्था गर्नेपर्ने, लकडाउन अवधिलाई शुन्य समय मानी बैंकको ब्याज पूर्ण मिनाहा गर्नुपर्ने माग सरकारसँग गरेका छन् ।

यसैगरी, बैक कर्जा पुर्नतालिकिरण र साबिक दरमा कम्तिमा ५ प्रतिशत न्यून ब्याज, व्यक्तिगत नाममा रहेको व्यवसायीक तथा हायर पर्चेज कर्जामा पनि साना तथा मझौला उद्योग सरह १० प्रतिशत थप कर्जाको व्यवस्था गर्न विज्ञप्तीमा माग गरिएको छ ।

सुरक्षा सावधानी अपनाई व्यापार गर्न पाउनु पर्ने व्यवसायीको मागलाई पनि सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ । उद्योग व्यवसाय ठप्प हुँदा बैकको ब्याज, पसल बाहल, कर्मचारीको पारिश्रमिकलगायतको खर्च समेत जोहो गर्न नसक्ने अवस्थामा व्यवसायी पुगेको विज्ञप्तीमा जनाइएको छ ।

सरकारले व्यवसाय सञ्चालन गर्न नदिंदा उद्योग तथा पसलमा भएका सामानको म्याद गुज्रिएर काम नलाग्ने अवस्थामा पुगेको, गुणस्तरमा क्षति हुँदा व्यवसायी मार माथि झन मारमा परिरहेकाले तत्काल सुरक्षा सावधानी अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न दिन सरकारसँग माग गरिएको छ ।

विज्ञप्तीमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका कार्यकारी निर्देशक माधव अधिकारी, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकाल र मकवानपुर होटल एसोशिसनका अध्यक्ष शंकरलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*