आज वर्षासहित हिमपातको सम्भावना
आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
मशाखाका अनुसार हाल नेपालमा स्थानीय, पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ का कारण वर्षासहित विभिन्न स्थानमा हिमपातको सम्भावना हरेको हो ।
अहिले प्रदेश १, प्रदेश २ र बगमती प्रदेश बाहेक बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको मौसमविद्ले जनाएका छन् ।
महाशाखाद्वारा जारी मौसमपूर्वानुमान बुटेलिटनका अनुसार आज सुदूरपश्चिम, कर्णाली तथा गण्डकी र प्रदेश ५ मा पूर्ण बदली रहेर बाँकी प्रदेशमा मौसम सामान्य बदली रहने छ ।
सुदूर पश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश ५ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
आगामी २ दिनको मौसमपूर्वानुमान
जेठ २३ गते (शुक्रबार)
दिउँसोः सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली हरेर बाँकी भूभागमा मौसम सामान्य बदली रहने छ । सुप प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
रातीः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहेर बाँकी भूभागमा मौसम सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जेठ २४ गते (शनिबार)
दिउँसोः प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशको मौसम सामान्य बदलि रहनेछ । प्रदेश १, प्रदेश २ र बागमतिका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातीः प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशको मौसम सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमतीका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाइलाइन नेपाल











