फरेष्टि क्याम्पस भित्र झुण्डिएको अवस्थामा शव फेला

बाइलाइन नेपाल
२१ जेष्ठ २०७७, बुधबार १९:३२

हेटौंडा । कोरोना भाइरस संक्रमण भएकालाई राख्ने स्थान निर्माण भइरहेको वनविज्ञान अध्ययन संस्थान (फरेष्टि क्याम्पस) हेटौंडा भित्र एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन् ।

फरेष्टिको खेल मैदान नजिकैको रुखमा झुण्डिएको अवस्थामा ३०÷३५ वर्षको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।

अहिले घटना स्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने तथा शवलाई अस्पताल लैजाने तयारी गरिरहेको उनले बताए । शवको अवस्था हेर्दा ३÷४ दिन अघिको घटना जस्तो देखिने रानाले बताए । थप विवरण पोष्टमार्टम पछि मात्र आउने जनाइएको छ ।

मृतकको पहिचना खुल्न नसकेको र घटनाको थप अनुसन्धान सुरु भइसकेको प्रवक्ता रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*