युनियनको नेतृत्व अधिकारीले गरेपछि पत्रकारको हितमा कामैकाम

बाइलाइन नेपाल
२१ जेष्ठ २०७७, बुधबार १७:४९

सुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको हो ।

प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउँनेछन् ।

‘जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिसत छुट गर्ने सम्झौता भएको छ,’ अधिकारीले भने, ‘उपचार गराउँन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस चाहिन्छ, त्यसको लागि समन्वय गर्न अपिल गर्दछु ।’

एक कार्यक्रमका बीचमा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरी सम्झौता गरिएको छ ।

सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिक रुपमा सहयोग गरौँ भनेर उक्त सम्झौता गरिएको बताए । प्रेस युनियन सुनसरीले व्यवस्थित रुपले सबै पत्रकारहरुलाई समेटेर लैजानुपर्ने उनले बताए । बुधबारबाट लागू हुने गरी एकबर्षका लागि उक्त सम्झौता भएको र एक बर्षपछि नवीकरण हुने बताइएको छ । प्रेस युनियनले सुरुमा पत्रकारहरुको नाम लिस्ट पठाउने र पछि उपचार गर्ने बेलामा सिफारिस पठाउँनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*