आगलागी पीडितलाई रेडक्रसको राहत
हेटौंडा । मकवानपुरको वाग्मती गाउँपालिका वार्ड नम्बर–३ घट्टेदमारमा नेपाल रेडक्रस सोसाइटी उपशाखा फापरवारी मकवानपुरले आगालागी पीडितलाई राहत वितरण गरेको ।
वडाध्यक्ष बलबहादुर पाख्रिनको उपस्थितिमा आगलागी पीडित कुलबहादुर तामाङलाई एक बोरा चामल सहित भाडाकुँडा ,लत्ताकपडा, त्रिपाल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा फापरवारी मकवानपुर सभापति इन्द्रमणि तिमल्सिना (केशव) ले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा नेकपा मकवानपुरका नेता कमानसिं पाख्रिन, वाग्मती कार्यपालिका सदस्य भगवती माझी, दिनेश माझी, रेडक्रस सोसाइटी फापरवारी उपशाखा कोषाध्यक्ष शंकर पराजुली , जयबहादुर वाइवा (छेडुप), श्रीज्ञान मन्दिर आधारभूत विद्यालाय व्यवस्थापन समितिका अध्यक्ष दिल दोर्जे पाख्रिन, वडापालिका सदस्य वीरबहादुर थिंलगायतको उपस्थिति रहेको थियो ।
तामाङको घरमा जेठ १८ गते दिउँसो भएको आगलागीबाट नगद ३९ हजार सहित लत्ताकपडा ,भाडाकुँडा , मकै , धान , कोदो जलेर नष्ट भएको थियो ।

बाइलाइन नेपाल











