जुम्लामा निषेधाज्ञा जारी

बाइलाइन नेपाल
२१ जेष्ठ २०७७, बुधबार १२:०८

कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहनको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै प्रशासनले रोकथाम तथा नियन्त्रण गर्न बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सम्भावित उच्च संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गर्दै संक्रमण जोखिम न्यूनिकरण, रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको जुम्लाका सिडिओ भूपेन्द्र थापाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*