दिउँसो मेघगर्जनसहित वर्षा हुने

बाइलाइन नेपाल
२१ जेष्ठ २०७७, बुधबार ०८:०१

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवातको प्रभावले नेपालमा आज दिउँसो मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ‘निसर्ग’ चक्रवातसहित पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही उक्त क्षेत्रका केही भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।

‘निसर्ग’ चक्रवातको प्रभाव शुक्रबारसम्म नै देखिने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*