राक्सिराङमा थप ५० शैयाको क्वारेन्टाइन स्थापना

बाइलाइन नेपाल
२० जेष्ठ २०७७, मंगलवार १९:१९

राक्सिराङ् गाउँपालिकाले थप ५० शैयाको क्वारेन्टाइन कक्ष तयारी अवस्थामा ल्याएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् ।

बिदेशबाट आएका गाउँपालिकावासीहरुलाई राख्नका लागि ३ नम्वर वडाको सामुदायिक विद्यालय सुर्योदय माविमा व्यवस्थित क्वारेन्टाइन कक्ष निर्माण गरिएको हो ।

अध्यक्ष मल्लका अनुसार अहिले भारतबाट आएका १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । थप मानिसहरु आउन सक्ने भएकाले क्वारेन्टाइन कक्षमा बेड क्षमता थपिएको छ ।

क्वारेन्टाइनमा ६ जना स्वास्थ्यकर्मी खटाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*