लकडाउन, देश, श्यामशरण र एमसीसी

देवी गौतम
June 2nd, 2020

२१ औं शताब्दीमा कोरोना माहामारीले कयौं मानिसको ज्यान लिईसकेको छ । यो चीनबाट शुरु भई अहिले विश्वभरी फैलिएको छ । यस अघि के के भाईरस जहाँबाट आएका थिए । ति भाईरस विभिन्न प्रकारका छन् । यसको छुट्टै नियम एवं मानिस र भाइरस बीच घनिष्ट सम्बन्ध रहि आएको छ । यो विज्ञानको विषय हो । धार्मिक मानिसले पनि व्याख्या छ भनि भन्ने गरेका छन् । जस जसले जे भनेपनि विज्ञानले विकास नगरेको चै होइन । खाली यो भाइरसका विरुद्ध प्रतिकार गर्न सक्ने विधि पत्ता लगाउन समय लाग्ने रहेछ । एकदिन लाग्ला । अरु भाइरस जस्तै एड्स, इवोला लगायत छन् । दादुरा, एडस, औलो जस्ता भाइरसको त औषधी प्रयोग भई आएको छ । यो विषय डाक्टर, बैज्ञानिकलाई छाडि दिने विषय हो ।

यसका कारण मानिसमा रोगको चिन्ता संगै भोक अभाव बेरोजगारी समेतको रोग आईलागेको छ । केबल लकडाउन मात्र उपचार होईन थियो । यसलाई जित्न अरु उपाय समेत अपनाउन पर्ने थियो । खाली लकडाउन गरेर मात्र नहुने देखिएको छ । यससँग लडन अब के गर्नु पर्ने हो ? त्यसतर्फ सम्बन्धीतले ध्यान दिएको देखिएन, कोरोनाबाट अहिलेसम्म जति जना मरे त्यस भन्दा बढि अन्य कारणबाट मानिस मरिरहेका छन् । त्यसलाई हेर्ने हो भने धेरै भईसक्यो । अब कतिले खान नपाएर, चिन्ता तथा आत्माहत्याबाट मर्ने हो थाहा छैन । विदेशमा गई नेपाल फर्कन चाहने कति छन् । तिनले नेपाल आउन पाई रहेका छैनन । ल्याउन पर्ने नपर्ने थाहा भएन, ति किन गए त्यो पनि थाहा छैन । किन जानु प¥यो तिनीहरु विदेश त्यो पनि थाहा छैन । तिनले के कति योगदान दिए दिएनन् । नेपालमा कुन अवस्था छ र जान परेको हो । त्यो पनि थाहा छैन । यहाँ सत्ता र मत्ता कुर्सीमा बस्ने कर्मचारीलाई आई रहेकै छ । जे सुकै होस् ।

गाऊँमा तरकारी कुहिएर गएको छ रे । शहरमा बस्नेले किन्न पाएका छन् कि छैनन । तर विदेशबाट आई रहेको छ रे राती राती नाकाबाट प्रवेश गर्छ रे तरकारी फलफुल । कसरी पस्यो । यहाँको उत्पादन किसानबाट किन्न नसक्ने ? उपभोक्तालाई सर्वसुलभ तरिकाले विक्री गर्न नसक्नेले अरु ठुलो कुरा के गर्न सक्छ हेरियो । हेरेको हेरेइ गरिएको छ । गाऊँपालिका र नगरपालिका सिंहदरवार भनिएको छ । निर्वाचित सिंहलाई मात्र सिंहदरवार आएछ । जनतालाई आएनछ । जनता के खाई रहेको छ । के गरिरहेको छ । लकडाउन भन्याछ । टिपर दौडेको छ । खाद्यान्नका नाउँमा हुने खानेको गाडि गुडीरहेको छ । यसरी हुने खानेलाई खान दिईएको छ । गरिव श्रमिक के गरि बसेको छ ? तिनको हालत के छ ? शुरुमा राहत बाडियो । जे गरि बाडे पनि राज्य कोष या व्यक्ति व्यापारिसँग लिएर जसरी बाडिएनी । अहिले झन समस्या भएका बेला ति राहतकर्मी कहाँ पुगे होलान् । अहिले घरबाट बाहिर निस्कन सकेका छैनन होला । यसमा गर्ने राज्यले हो । स्थानिय सरकार, प्रदेश सरकारले उपचार र जनताको जिउ ज्यानको सुरक्षा गर्नु पर्दछ । खान नपाउनेलाई खान दिन पर्दछ । कि काम दिनु प¥यो । सामाजिक सुरक्षा ऐन कता पुग्यो । त्यो कसरी लागु गर्ने हो ? उत्पादन कसरी बढाउने हो ? त्यसबारे सरकार के सोचिरहेको छ । विदेशबाट नेपाल फर्कनेलाई के काम दिने हो । कँहा राख्ने ? यहाँ भएकालाई के काम दिने हो ? विज्ञसँग सुझाव सल्लाह लिन पर्ने थियो । नालायकहरु पदमा हुँदा जनता र देशले दुख पाउने पक्का छ । पालुङमा आलु छ खेतमा । हेटौडामा बजारमा आई पुग्दैन । त्यहाँ पनि सरकार छ । यहाँ हेटौडामा पनि सरकार छ । त्यो सरकार के हेरेर बसेको छ । थाहा चाहियो ।

सहकारी टोलै पछिच्छे छन् ,ति कहाँ गए ? तिनले ति किसानका सामान ल्याएर विक्री गर्न सक्थेनी । संविधान संसोधन प्रकृया रोक्न खोजियो । किन रोकियो । फेरि पेश गर्ने भनिएको सुनिएको छ । यो रोक्न कसले खोज्यो । भारतबाट श्यामशरण नामको व्यक्ति आएको भन्ने सुनियो । किन आउँछन नेपाल ? हिजो संविधान जारी गर्न रोक्न अहिलेका भारतका विदेश मन्त्री मोदीका दुत बनेर नेपाल आएका थिए । तिनको कुरा नसुनि संविधान जारि भएको हो । अहिले कालापानी सहितको नक्सा सार्वजनिक गरि त्यो नक्सा सरकारी प्रयोगमा ल्याउन संविधान संसोधन आवश्यक थियो । सबैले राष्ट्रिय भावना व्यक्त गर्दै सर्वसम्मत पारित हुन पर्दछ यदि नेपालप्रीय संसद छन् भने । हेरु कतिले विपक्षमा मतदान गर्ने र कतिले पक्षमा ।

बजेटमा एमसिसि घुसाएको छ रे । कसले के कसम खाएको छ नगरी नहुने ? ज्यान फालेर लागेको छ किन हो ? जे होस् देश बचाउन मुस्कील परेको बेला हो भन्ने लागेको छ । यस्तै भएसी जनताले विश्वास गर्न छाड्ने हो । रोक्नेले रोक्न खोजेको छ । त्यसले किन रोक्न खोज्यो । कार्यदलले हुवहु हुदैन भनि सकेको छ । अव जर्वजस्ती किन गर्न खोजिदैछ ?

कोरोनाका कारण देशमा जुन समस्या आई रहेको छ बजेटमा त्यसबारे खासै प्रभावकारी कदम देखिदैन । यहाँ खेतमा भएको उपभोग्य बस्तु तरकारी, आल,ु दुधजन्य पदार्थ समेत बजारमा उपभोक्तासम्म ल्याई विक्री सरल गर्न नसक्ने ओहदामा बसेका छन् । यि बाट आशा के गर्नु ? अब केही समयपछि खान नपाउने अवस्था आउने स्थिति छ । मल पाउदैन । बीउ कसरी दिएको छ । किटनाषक औषधी किसानलाई कसरी उपलब्ध गराईदछ । यावत कुरा कसरी गरिदैछ । यत्रा निर्वाचित प्रतिनिधि छन् । देशभर कति संघिय सांसद, मन्त्री, प्रदेश सांसद मन्त्री र प्रत्येक वडामा ५ जनाका दरले प्रतिनिधि छन् । ति कोही घरमा लुकेर बसेका होलान् । कोही मनोरन्जन गरि बसेका होलान् । विरामीलाई डाइलासीस गर्न ठेलामा गुडाएर लगेको देखियो । अब के के देख्न पाईन्छ ।

कोरोनाका विरामीको उपचार कसरी गर्ने, क्वारेन्टाइनमा कसरी राखिएको छ । क्वारेन्टाईनमा मानिस मर्नु दुर्भाग्य छ । यहा जाँच सम्म हुन सकेको छैन । जति हुन पर्ने थियो । छिटो उपचार हुन पर्ने थियो । त्यो भैरहेको छैन । घर घरमा भारतबाट मानिस आएर आफन्त कँहा लुकेर बस्न थालेको सुन्नमा आएको छ । क्यारेन्टाइनमा जाऊ व्यवस्था राम्रो छैन । बरु घरमै लुकेर बस्ने अवस्था आउनेछ । यो सबै जिम्मेदारका गैर जिम्मेदारी कारणले भएको छ । सरकारले खर्च गरेको रकम कहा खर्च भै रहेको छ । एक पटक दिएको १५ किलो चामल सहितको राशन कति दिनलाई पूग्यो होला । नपाउनेले के खायो होला । कतिको रोजगारी छैन । त्यो छुट्टै छदैछ । अब घरमा नै गै उपचार गर्ने रे ? त्यो कति संभव छ । मृतकलाई घाटमा लादा जलाउने मानिस भागे रे भन्ने सम्म सुनियो । अब लास कसले उठाउने भन्ने छ । एम्बुलेन्स पाई रहेको छैन । अब कसरी समालिन्छ । सेनाले औषधी ल्यायो रे । कति ल्यायो । निजी अस्पताललाई सरकारले खै नीति बनाएर कसरी उपचार गराउने ? खाली सामान्य अवस्थामा जनतासँग लुटने मात्र निजी अस्पतालले ? यस्तो अवस्थामा तिनले कमाएको धन छ नि जनतासँग लुटेको । त्यो रकम केही खर्च गरेर उपचार गराए हुन्न ? पछि नागरिक बाचे भने फेरि लुटन पाई हालिन्छ । कमाउने बेलामा कमाउने । अहिले राज्य र नागरिकलाई परेको समस्यामा साथ नदिने हो भने किन राज्यले तिनलाई सुविधा र अधिकार दिने । आवश्यक पर्दा काम लाग्ने रहेनछ त । अनुगमन छैन, कसले कति अत्याचार गरेको छ । समबन्धीतको ध्यान गएको छैन । केवल लक डाउन गरि दियो । अनि मस्तले घरमा बस्यो । यहि हो त पद र पैसा लिनेको काम । स्वास्थ्यकर्मि र सुरक्षा कर्मचारी खटिएका छन् । तिनलाई धन्यवाद छ । जो काम चोर गरि बसेका छन् । तिनले जनताको कर खाएका छन् केवल ।

यसका बारेमा अघिल्ला २ लेखमा चर्चा गरि रहँदा फेरी पहिले पहिले चर्चा गरिएको कालापानीको कुरा सतहमा आएको छ । यो कालापानी अर्थात काली नदि (महाकाली नदी) नै हो । नेपालको पश्चीम सिमा हो । काली नदि । हुनत यो सिमा अंग्रेजले भारत छाडेपछि सन्धी पश्चात कायम सिमा हो । पुर्खाले त पुर्वमा टिस्टा नदि र पश्चीममा कागडा सम्म भुभाग आफनो कब्जामा लिएका थिए नि । अहिले खुम्चदै खुम्चदै आउनु परेको छ । कुन दिन देश नरहन सक्ने अवस्था आई रहेको छ । यो भारतको पहिले भन्दै आएको विस्तारवादी नीति नै हो । हामीले पटक पटक मुक्ती आन्दोलनमा सहभागी हुँदा भारतलाई विस्तारवाद र अमेरिकालाई साम्राज्यवाद भन्दै आयौ । यहि नाराले कति नेता प्रधान, र मन्त्री बने, हामीले संघर्ष गरि रहयौ । एक किसीमले झोले, भ¥याङ के के भने भने मानिसले ।
अब लिपुलेक पनि हामीले देखेको छैन । त्यहाँ जान सक्ने नेपाली कति छन् । कुरा त ठुला ठुला गर्दछ । त्यहाँका मानिसले खान पाएका छन कि छैनन । औषधी उपचार बाटो घाटो के छ यहाँको सरकार, सरकारसम्बद्ध सुरक्षाको जिम्मा लिने पद पगरि पाउनेले थाहा पाएको छ कि छैन । अनुन्धान पनि छ रे देशमा खै आज विहान समाचार सुनेको २००० बढिको संख्यामा छ रे । तर कहाँ छ ? के खाएर बसेको छ । कस्ता घरमा बसेको छ राज्यको सुविधा लिएको छ छैन । कति लिएको छ । शक्तिको दुरुपयोग कति गरेर बसेको छ थाहा छैन ।

फेरि यो कालापानीको समस्या आयो । लिपुलेक, लिम्पीयाधुरा, कुटि, याङदी के के हो के के । न देख्नु त्यो ठाउँ । गफ गरिएको छ । त्यो बाटो कैलास मानसरोवर जानलाई भारत र चिनले व्यापार गर्न बनाउन सहमती गरेछन । नेपाललाई थाहा दिएन छ । यत्ति हो । थाहा दिएर त्रिपक्षीय समजदारीमा बनाएको भए बाटो बनाउने कुरा हो । साझा बाटो बनाएको भएनि हुन्थ्यो । एकलौटी गर्न थालेपछि समस्या, अविश्वास र संका हुने कुरा भयो । अविश्वास त जताततै छ । सरकारमा छ । पाटी पाटीमा छ । घर घरमा छ । अफिस अफिसमा छ । के गर्नु ? शंकै शंका छ । रातारात यहाँ कानून बन्छ । राती नै पार्टी बन्छ । रातीनै जग्गा पास हुन्छ । राती नै जग्गाको नक्सा कित्ताकाट हुन्छ । भनिन्छ पैसा भएपछि जहिले जतिखेर नि हुन्छ ।

भारतका कदम विरुद्ध नेपालमा नारा लाउनेको कमि छैन । राजनिती गर्नुप¥यो नि । काम केही छैन । त्यो पनि नगरे के गर्नु । नारा लाउनेले झण्डा बोकेर जुलुसमा आएको देखियो । अब टिभिमा कति जनाले बोली सके, व्याख्या गरि रा का छन् । यो बोलेर हुने होइन, पहिले पनि भन्दै आएको हो । भारतसँग नजुधी, वादविवाद नगरि हुनेवाला छैन । उसले क्याम्प बनाएर बसी सक्यो । बाटो बनाएको कुरा सरकारलाई समेत थाहा रहेनछ भन्ने आई राखेको छ । अब थाहा थियो कि थिएन, भित्र भित्र हुन्छ भनेको छ कि के हो थाहा भएन ।

अहिले सम्म नक्सा जारि नि भएन । बेलायतमा छ रे नक्सा भन्छन् । अब कहाँ पो छ त्यो नक्सा । अर्काको देशमा छ । फेरि बेलायत भनेको त्यही भारत हो हिजो । उसले कस्तो बनाएर राखेको छ । प्रमाण हुन प¥यो । भारतलाई जित्ने भनेको सबै आवश्यक बस्तु नेपालमा नै निर्माण उत्पादन भयो भने चै निहु खोज्न सकिन्छ । हैन भने सबै उतै छ । कसरी निहु खोज्नु । यसमा त झन् चिनले पनि भारतलाई साथ दिएको छ बाटोको निर्माणमा । अब भन्नुस् । केही लाग्छ नेपालको । कराउने मात्र हो । कराउन न कराउन त । कराउन पैसा लाग्दैन । जिउको मयल जादैन ।

पार्टीमा त यस्तो ताल छ । त्यो पनि जनताले हेरी रहेका छन् । कोरोनाको माहामारीमा पद खोजेको ? शक्ति खोजेको । म तल पर्छु कि । उ माथि जान्छ कि । हेर्नु त ताल । वाक्क दिक्क भईयो । अब घरमा, चुलोमा चामल हुदा हुदै राहत बाँडे । ति राहत बाड्नेलाई अब राहत चाहिने भयो रे । ल काठमाडौमा त लिनै आई सक्यो रे भनिन्छ । कति हतार । त्यो राहत दिन पर्नेलाई काम दिउँ भन्दा कसैले टेक पुच्छर लाएन । काम दिएको भए एक दिनमा एक हजार कमाउथ्यो । ३ दिन काम गर्न पाएको भए राहत बरावर हुने थियो । विदेशमा गएका घर फर्कन खोजेका छन्े । कसरी फर्कनु । किन गएको त भनौ भने त्यो पनि भन्न नसकिने । कमाउन गएको । यहाँ काम छैन । के गर्नु त भनिन्छ । यहाँ काम छैन त भन्दा खेतवारी वाझै छ । उत्पादन छैन । विदेशबाटै ल्याएर खान पर्छ । अस्ती ल चिनी सकियो रे । सरकारले विदेशबाट चिनी आयात गर्दैछ रे भन्ने सुनियो । कतिवटा चिनी मिल छ किसानको पैसा दिएको छैन । उखुको हालत के छ । यति रकम कृषिको लागि दियो रे । उती दियो रे कहाँ दियो भन्या । दिएको भए खान पुग्ने सबै नेपालमा नै हुने थिएन भन्या । अब कसले खाई रहेको छ त्यो सरकारको अनुदान खोजी कसले गर्ने ? खोज्ने ले खोज्दैन किन कि उसैले खाएको होला । अनि उसले खोज्दछ त । कुनै हालमा खोज्दैन । दलालीले काम गरेको छ नेपालमा । जहाँ जाउ दलाल नै दलाल । एकाध छन् । तीनको के लाग्छ । नाङगाको देशमा गएसी हास्यो भने वेइजत हुन्छ रे भन्थे बुढापाकाले । यहा त्यो सत्य बोल्नेको हुर्मत लिईन्छ । वेइज्जत गरिन्छ । रुपचन्द्र विष्टले एक दिन सत्य थाहा हुँदा झुठ नास हुन्छ भन्नु भएको छ । यो वचन वास्तवमा सत्य हो । चाहे धर्मशास्त्र हेर्नुस, चाहे विज्ञान । आखिर सत्य हुन्छ । कुनै दिन होला भनि चित्त बुझाउनु सीवाय के छ र यहाँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का श्रदेय अध्यक्ष प्रचण्डले न्युज २४ मा मन्तव्य दिनु भएको कुरा लेख लेखि रहँदा सुनिएको छ । आधिकारीक त आऊला नै । उहाँले अब यसरी हुदैन भन्नु भएको छ । भारतले कुटनितिक समाधान नचाहे अर्को बाटो रोज्नु पर्छ भनि सक्नु भएको रहेछ । हेर्दै जाऊ । अन्तराष्ट्रियकरण गरिनु पर्दछ भनि पहिले लेखेको हो । सकेसम्म कुटनीतिक नै ठिक हो । हैन भने नेपालीले एक पटक मुक्ती आन्दोलनद्वरा नेपाल मुक्त गर्नु पर्छ । सबै चिज एकै पटक मुक्त हुन्छ । यो मुक्ती आन्दोलमा धोका दिने पनि आउँछन् होसीयार । नेपालमा कोरोनाका विरामी बढि रहेको छ । अब दिनै पिच्छे बढिरहेको छ । २÷३ महीना सम्म नियन्त्रण गर्न नसक्नु कमजोरी नै हो । हाम्रो भारततीरको सिमानाले समस्या पैदा ग¥यो । सिमामा पर्खाल, तारवार लगाउ भन्दा यहाँका सत्तामा बस्नेले ध्यान कहिल्यै दिदैनन् । यो रोग नेपाललाई कहिल्यै जाने छैन । जबसम्म सिमा नियन्त्रण गरिदैन, कति दिन लकडाउनमा बस्ने भन्ने ठेगान छैन । सारा समस्या देशमा आउने भए । कोरोना भन्दा पनि अन्य समस्या आउने भयो । उत्पादनको समस्या, निर्माणको समस्या, उद्योग धन्दाको समस्या । यि समस्या कसरी समाधान गर्ने भन्ने तर्फ ध्यान दिन जरुरी छ । कोरोना विरुद्ध देश एकताबद्ध हुन पर्दछ । धन्यवाद

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*