रुकुम हत्याकाण्डका दोषीलाई कारवाहीको माग गर्दै प्रशासनमा धर्ना

बाइलाइन नेपाल
२० जेष्ठ २०७७, मंगलवार १४:५९

हेटौँडा । नवराज बिक सहित ६ जनाको रुकुममा हत्या भएको भन्दै देशभरि नै बिरोध भइरहेको छ । यसै बिषयमा मकवानपुरका दलित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना दिएका छ्न । जातियताको आधारमा हत्या गरिएको दाबी गर्दै दोषीलाई कडा कारवाहीको माग सहित कार्यक्रम गरिएको अधिकारकर्मीहरुले जनकारी गराए ।

अधिकारकर्मीहले धर्ना दिदै अन्तरजातीय प्रेम सम्बन्धलेनै जाजरकोट भेरी नगरपालिका वडानम्बर ४ का नवराज विकसहित ६ जनालाई निर्ममतापूर्वक हत्या गरिएको दावी गरेका हुन।निपष्क्ष छानविन नगरेर दोषीलाइ बचाउने चलखेल नगर्न भन्दै दोषीलाइ कडा कारवाही र पिडितलाइ क्षतिपुर्ती दिनुपर्ने माग सहित नाराबाजी गरेका हुन् । आफुहरुले जस्तोसुकै आन्दोलन गर्नपरेपनि पछि नहट्ने गर्ने अधिकारकर्मीहरुले बताएका छन ।

सदियौ देखि पीडा भोगिरहेका दलित समुदायमाथि सरकारले न्याए गर्न चुकेको आरोप लगाएका छ्न्। धर्ना कार्यक्रममा दलित अधिकारकर्मीहरु गोपीलाल बिश्वकर्मा ,कमलकुमार बिश्वकर्मा, गणेश रसाइली, केशब रसाइलीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*