नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो, २१९ जना घर फर्किए

बाइलाइन नेपाल
१७ जेष्ठ २०७७, शनिबार १६:४७

बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।

हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*