जापान बस्ने नेपालीद्धारा मकवानपुरका वनकरिया र चेपाङलाई राहत
हेटौंडा । जापानमा बस्दैं आएका नेपालीहरुले पठाएको राहत बनकरिया र चेपाङ्ग समुदायलाई प्रदान गरिएको छ ।
लामो समयदेखि जापान बस्दैं आएका हेटौंडाका रमेश तिवारीको सक्रियतामा जापानमा संकलन गरिएको राहत निर्माण व्यवसायी संघ मकवानपुर मार्फत प्रदान गरिएको हो ।
लकडाउनको कारण समस्यामा परेका मकवानपुरको मनहरी गाँउ पालिका– ४ मा बसोबास गर्दै आएका लोपोन्मुख जाती वनकरिया र समस्यामा परेका बिपन्न चेपाङ परिवारलाई राहत प्रदान गरिएको छ ।
लकडाउनका कारण दैंनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई चामल, दाल, तेल, सोेयाबिनलगायतका तरकारी र खाद्यन्न प्रदान गरिएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्याम ढकालले जानकारी दिए ।
जापान बसदै आएका हेटौंडा– २ निवासी युवा समाजसेवी एवम् निर्माण व्यवसायी संघका पुर्व कार्यसमिति सदस्य रमेश तिवारीले प्रवासमा रहेर पनि लक डाउनको कारण नेपालमा समस्यामा परेका दुःखी, गरिबलाई सहयोग गर्ने कोशिस गरेको बताए ।
पहिलो चरणमा बनकरिया र चेपाङ बस्तिका परिवारलाई खाद्यन्न प्रदान गरिएको बताउँदैं तिवारीले थप राहत पनि बाड्ने तयारी भएको जानकारी दिए । हामीले सक्नेजति सहयोग गर्नेछौं उनले भने– ‘जापानबाट पठाएको राहत निर्माण व्यवसायी संघ मकवानपुर मार्फत समस्यामा परेका आमनागरिकको हातमा पु¥याउने छौं ।’
पहिलो चरणमा तिवारीको सक्रियतामा जापान बस्नुहुने व्यवसायी नरेश केसी (मुनु), राजेश पुडासैंनी, राकेश पुडासैंनी, साबित्रि तिवारी ढकाल, भरतराज कडेँल, जिम्बा भक्त र पुजा ढकालले नेपाली ४५ हजार रुपैंया सहयोग रकम पठाइएको तिवारीले जानकारी दिए ।

बाइलाइन नेपाल











