वडाअध्यक्षलाई कर्मचारीले कुटे

बाइलाइन नेपाल
१६ जेष्ठ २०७७, शुक्रबार १४:१६
सांकेतिक तस्वीर

डडेल्धुराको अमरगढी नगरपालिकामा सरकारी कर्मचारीबाट वडाअध्यक्ष कुटिएका छन् ।

अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्ट बिहीबार राति घरेलु विकास कार्यालयका कर्मचारीबाट कुटिएका हुन् ।

वडाध्यक्ष भट्टका अनुसार, घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले कुटपिट गरेका हुन् । ऐरले मदिरा सेवनगरी आएर आफूलाई कुटेको भट्टले बताए ।

भारतबाट आएका व्यक्तिहरूलाई रेडक्रसको भवनमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको समयमा वडाअध्यक्ष भट्टमाथि हातपात भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*