विहानैदेखि मुलुकका विभिन्न स्थानमा वर्षा

बाइलाइन नेपाल
१६ जेष्ठ २०७७, शुक्रबार ०६:५७

आज विहानैदेखि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भागमा बनेको निम्न चापिय रेखाको प्रभावले वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले आइतबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी (आइतबार) सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

आगामी २४ घण्टासम्म देशका केही भू-भागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*