वाग्मती प्रदेशको बजेट अधिवेशन सुरु, सभामुखदेखि सांसदसम्मले लगाएनन् माक्स
हेटौंडा । वाग्मती प्रदेशसभाको छैठौँ बजेट अधिवेशन (बजेट अधिवेशन) सुरु भएको छ । यो अधिवेशनले आगामी आवको बजेट प्रस्तुत र त्यसलाई पास गर्ने जनाइएको छ ।
कोरोना संक्रमणले देश आक्रान्त भएको अवस्थामा व्यक्तिगत दुरी कायम गरेर अधिवेशनको सुरुवात गरिएको छ । तर अधिवेशनमा सभामुखसहित केही सांसदले माक्स समेत लगाएका छैनन् ।
सभामुख सानुकुमार श्रेष्ठले माक्स समेत लगाएका छैनन् । मुख्यमन्त्री डोरमणि पौडेलले माक्स लगाएका छन् भने प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले माक्ससहित पञ्जासमेत लगाएका छन् । केही सांसदले स्वास्थ्यको ख्याल समेत नगरेको देखिन्छ ।
अधिवेशन बैठकको पहिलो दिन आज आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारद्वारा आगामी आवको बजेटको लागि प्रस्तुत गरिने आर्थिक पक्षको सैद्दान्तिक विषयमा छलफलको लागि विधेयक प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बाइलाइन नेपाल











