हेटौंडाका कोरोना संक्रमित परिवारको विषयमा गलत भिडियो बनाउने पक्राउ

बाइलाइन नेपाल
११ जेष्ठ २०७७, आईतवार १२:१४

हेटौँडा । हेटौंडाका एक कोरोना संक्रमित परिवारको विषयमा अनर्गल प्रचार गर्दै भिडियो बनाई युटुबमा पोष्ट गर्ने एकजनालाई वडा प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरेको छ ।

संविधानसभा सांसद अनन्त पौडेलको श्रीमतीलाई कोरोना भाइरस भएको पुष्टि भएपछि अडियो र भिडियो बनाएर सामाजिक सञ्जालमा राखिएको थियो । भिडियोमा पौडेलको परिवारलाई चोट पुग्ने तथा आवद्ध पार्टी माथि समेत विभिन्न लान्छना लगाइएको थियो ।

पक्राउ पर्नेमा हेटौँडा बस्ने निजगढ नगरपालिका– १२ रतनपुर नीवासी नितेशराज रिजाल रहेको वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक इश्वरी भण्डारीले जानकारी दिए ।

हेटौँडामा बसेर कक्षा १२ मा अध्ययन गरिरहेको उनले आफुले उक्त भिडियो पोष्ट गरको स्विकार गरेको प्रहरीले जनाएको छ । फेसबुकमा आएको भ्वाईस क्लिपको आधारमा आफुले उक्त भिडियो बनाएको उनले बताएको प्रहरीको भनाई छ ।

उनलाई कारबाहीका लागि थप अनुसन्धान भइरहेको निरीक्षक भण्डारीले जानकारी दिए । अडियो बनाउनेको पछि खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । संक्रमित र उनको परिवारलाई झन पिडा पुग्ने गरी सामाजिक सञ्जालमा अडियो र भिडियो आएपछि कारबाही गर्न व्यापक दबाब आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*