इदको बिदा सोमबारलाई सर्‍यो

बाइलाइन नेपाल
११ जेष्ठ २०७७, आईतवार ११:२२

सरकारले आइतबारका लागि घोषणा गरेको इदुल फित्रको सार्वजनिक बिदा सोमबारलाई सारेको छ । गृह मन्त्रालयले सूचना प्रकाशन गरी मुस्लिम समुदायको चाड इदुल फित्रको बिदा आइतबारको साटो सोमबार हुने जनाएको हो ।

गत शुक्रबार मन्त्रिपरिषद् बैठकले इदुल फित्रका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

नेपाल र दक्षिण एसियाभरबाट शनिबार चन्द्रमा नदेखिएको भन्दै मुस्लिम आयोगले इदुल फित्र सोमबार मनाउने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार सार्वजनिक बिदा सार्न अनुरोध भएकाले सोमबारलाई बिदा दिइने भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*