हेटौंडाकी कोरोना संक्रमित महिलाको मनमोहन कार्डियो सेन्टरमा उपचार हुँदै

बाइलाइन नेपाल
१० जेष्ठ २०७७, शनिबार ०७:१२

शुक्रबार कोरोना पुष्टि भएकी हेटौंडाकी ५४ वर्षीया महिला काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेकी खुलेको छ।

मन्त्रालयले उनको ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ उल्लेख गरेको थियो । हेटौंडाको महिलामा कोरोना सक्रमण फेला परेको बताइएपनि कहाँ बस्ने वा अन्त्रय बसोवास गर्ने स्पष्ट खुलाइएको थिएन् ।

सेन्टरका कोभिड-१९ म्यानेजमेन्ट टिमका संयोजक रञ्जन सापकोटाका अनुसार मुटुको समस्या रहेकी महिलालाई गत आइतबार अस्पताल भर्ना गरिएको थियो।

‘मुटुको समस्याका कारण भर्ना हुनुभएको उहाँमा पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखियो,’ उनले भने।

सापकोटाले बिरामीको स्वास्थ्यमा क्रमशः सुधार भएको भन्दै बिरामीलाई आइसियूमा सार्ने तयारी रहेको बताए। यसअघि बिरामीको मुटुको धड्कन पनि कम र रक्तचाप पनि कम रहेको थियो।

सुरूमा उनको र्‍यापिड टेस्ट गर्दा नेगेटिभ देखिएकोमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उनलाई गंगालाल अस्पतालबाट मनमोहन भास्कुलर सेन्टरमा ‘रिफर’ गरिएको हो।

शुक्रबार स्वास्थ्य मन्त्रालयले ती महिलामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको हो। शुक्रबार देशभर ५९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।-स्रोतः सेतोपाटी डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*