आज पनि विभिन्न स्थानमा वर्षा हुने

बाइलाइन नेपाल
९ जेष्ठ २०७७, शुक्रबार ०७:२१

बंगाल खाडीबाट सक्रिय भएको अंपुन चक्रवात कमजोर भए पनि त्यसको आंशिक प्रभाव र स्थानीय वायुको प्रभावले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बंगालको खाडीमा बनेको उक्त चक्रवात कमोजोर भएर निम्नचापीय प्रणालीको रुपमा रहेको छ ।

उक्त प्रणालीको प्रभावले आज दिउँसो पूर्वी क्षेत्रका थोरै स्थान तथा मध्य र पश्चिमी क्षेत्रका पहाडी भू-भागमा हावाहुरीसहित वर्षा हुने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा उल्लेख छ।

यस्तै आज राति पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्यांग र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*