साहित्यकार पुण्यशिला अब गायिका (भिडियोसहित)

बाइलाइन नेपाल
८ जेष्ठ २०७७, बिहीबार १६:३७

हेटौंडा । मकवानपुरमा रहेर लामो समयदेखि साहित्य क्षेत्रमा क्रियाशिल साहित्यकार पुण्यशिला श्रेष्ठ अब गायिका पनि भएकी छिन् । उनको स्वरमा तिमी बिना… बोलको गीत सार्वजनिक भएसँगै औपचारिक रूपमा गायिका बनेकी हुन् ।

श्रेष्ठको पहिलो प्रस्तुतिको रूपमा तिमी बिना बोलको गीत बुधबार युट्युब मार्फत सार्वजनिक गरिएको छ । गीतमा साहित्यकार एवं अधिवक्ता ऋषि के.बी.को शब्द र संगीत रहेको छ ।

श्रेष्ठको ‘उत्सव अनिश्चित वेदना’को कविता संग्रह र ‘अतृप्त खण्डहर’ संयुक्त कविता संग्रह प्रकाशित भइसकेको छ । साहित्यसँगै श्रेष्ठ शिक्षण पेशामा आवद्ध रहेकी छिन् ।

पत्रकारिता, साहित्य, कला क्षेत्रमा लामो समय योगदान दिइसकेका गीतकार  के.बी. को शब्द संगीतमा देश तथा विदेशका गायकगायिकाहरुले स्वर दिइसकेका छन् । के.बी. कानुन व्यवसायीसँगै शिक्षण पेशामा समेत आवद्ध रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*