सिडियोले तास खेल्ने, रक्सी खाने साथीलाई सवारी पास दिएः रामनारायण बिडारी

बाइलाइन नेपाल
७ जेष्ठ २०७७, बुधबार १७:३२

काठमाडौं । नेकपा सांसद रामनारायण विडारीले कोरोना संक्रमण बढाउन प्रमुख जिल्ला अधिकारीको पनि हात रहेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभामा बोल्दै सांसद विडारीले सिडियोहरुले आफ्ना तास खेल्ने, रक्सी खाने साथीलाई पनि लकडाउनमा पास वितरण गरेको आरोप लगाएका छन् ।

उनले किसानको तरकारी खेतमै अलपत्र परेको, ट्रकहरु पनि अलपत्र परेको बेला कृषि उत्पादनलाई बजारसम्म पुग्न सरकारले व्यवस्था गर्नुपर्ने बताए । उनले किसानलाई तरकारी बजारमा पु¥याउन गाडीको पास नदिने तर तास खेल्ने, सक्सी खाने, टोलका दुई चार हजार भएका गुण्डालाई पनि पास बाँडेको आरोप लगाए ।
उनले पास वितरणमा गृहमन्त्रालयको पनि ध्यानाकर्षण गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*