आइतबार बिहानै १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो
हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । आइतबार १० जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ ।
आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताएका हुन् ।
आज कोरोना देखा परेकाहरु रौतहट जिल्लाका रहेका छन् । उनिहरु रौतहट नगरपालिका ३, ५ र ९ नम्बर वडाका वासिन्दा भएको मन्त्रालयले जनाएको छ । संक्रमित सबै पुरुष रहेका छन् ।


बाइलाइन नेपाल











