दुई महिनापछि सुरू भयो जर्मन फुटबल लिग, शाल्केमाथि डर्टमण्डको शानदार जीत

बाइलाइन नेपाल
४ जेष्ठ २०७७, आईतवार ०७:०९

करिव दुई महिनापछि सुरू भएको जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले फराकिलो जीत निकालेको छ।

कोरोना भाइरसको महामारीले गत मार्चदेखि अबरुद्ध प्रतियोगिता शनिबारदेखि दर्शकबिना नै खेलाइएको हो । खेलमा डर्टमण्डले शाल्केमाथि ४-० को शानदार जीत निकालेको हो ।

उसका लागि राफेल गुईरेरियोले दुई गोल गरे । यस्तै अर्लिङ हालाण्ड र थोर्गन हाजार्डले एक एक गोल गरे ।

जितसँगै डर्टमण्डले शीर्ष स्थानको वायर्न म्युनिखसँगको अंक दुरी १ मा झारेको छ । डर्टमण्डले २६ खेलमा ५४ अंक जोडेको छ । एक खेल कम खेलेको वायर्नको ५५ अंक रहेको छ । शाल्के भने ३७ अंकका साथ आठौं स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*