आज पनि हावाहुरीसहित पानी पर्ने पूर्वानुमान

बाइलाइन नेपाल
४ जेष्ठ २०७७, आईतवार ०६:५८
फाइल तस्वीर

आगामी मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

दिउँसोसम्म पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्नपछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति पनि पूर्वी भू-भागका केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार र मंगलबार पनि मुलुकका पहाडी भू-भागमा हावाहुरीसहित असिना पानीको सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*