अमलेखगन्जबाट हेटौंडा हुँदै लोथरसम्म पेट्रोलियम पाइपलाइन
काठमाडौं । बाराको अमलेखगन्जबाट हेटौंडा हुँदै चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने भएको छ ।
संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म सफलता पूर्वक पेट्रोलियम पाइपलाइन ल्याइएको बताउँदै यसलाई थप विस्तार गर्ने बताइन् ।
यस्तै आगामी बजेटले भारतको सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन गरी निर्माण सुरु गरिने भएको छ ।

बाइलाइन नेपाल











