सर्वत्र विरोधपछि गृह मन्त्रालयले दियो पूर्वराजालाई काठमाडौं फर्किने पास

बाइलाइन नेपाल
२ जेष्ठ २०७७, शुक्रबार १०:२९

सर्वत्र विरोधपछि गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्किने पास दिएको छ ।

बिहीबार पूर्वराजा शाहले काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिएका थिए। तर, पास खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो। तर गृहले सो निवेदन पनि खारेज गरेको थियो ।

तर, बिहीबार पूर्वराजालाई काठमाडौं आउन पास नदिइएको भन्दै आम नागरिक स्तरमा व्यापक विरोध भएको थियो । सामाजिक सञ्जालमा पूर्वराजा शाहलाई पास नदिइएको भन्दै सरकारको आलोचना भएको थियो ।

यसपछि, शुक्रबार जिल्ला प्रशासन कार्यालयले इमेलमार्फत पुनः गृह मन्त्रालयलमा निवेदन पठाएर पूर्वराजा, पूर्वरानी कोमल शाहसहित पाँच जनाको सवारी पास जारी गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका प्रजिअ रानाले बताए ।

कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उनी झापामा बस्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*