प्रशासनले रोक लगाएपछि झापामै रोकिए पूर्वराजा ज्ञानेन्द्र

बाइलाइन नेपाल
१ जेष्ठ २०७७, बिहीबार २०:४४

झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आउने पास प्रशासनले रद्द गरेको छ ।

लकडाउनअघि नै झापा पुगेका पूर्वराजा ज्ञानेन्द्रले भोलि (शुक्रबार) बिहान ८ बजे काठमाडौं आउनका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट पास लिएका थिए । तर, सरकारले अन्तरजिल्ला सवारी पास रोक्ने निर्णय गरिसकेको भन्दै प्रशासनले उनको पास रोकेको हो ।

पूर्वराजा शाहका प्रतिनिधिले बिहीबार जिल्ला प्रशासन कार्यालयबाट काठमाडौं आउने अनुमतिपत्र लिएका थिए ।

निकै ठूलो सुरक्षाकर्मीको संख्यामा काठमाडौं आउन लागेका ज्ञानेन्द्रलाई संक्रमणको खतरा र गृहको निर्देशन भन्दै हिँड्ने अनुमति नदिइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

पूर्वराजा शाह झापाको दमकमा उनकै स्वामित्वमा रहेको हिमालय टी गार्डेनमा रहँदै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*