संसदको संयुक्त सदनलाई राष्‍ट्रपतिले भोलि सम्बोधन गर्ने

बाइलाइन नेपाल
१ जेष्ठ २०७७, बिहीबार २०:२८

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपरान्ह सरकारको नीति तथा कार्यक्रम पेश गर्ने भएकी छिन्।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले कार्यसूची प्रकाशित गर्दै अपरान्ह ४ बजे राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी गराएका छन्।

दुई दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

भोली सरकारले नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि १५ जेठमा सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*